३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्रीको प्रतिवद्वता: ६ महिनामा सबै नेपालीलाई नागरिकता, १ वर्षमा राष्ट्रिय परिचय पत्र

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ६ महिनाभित्र नागरिकता नपाएका नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् ।

दोस्रो दिनको प्रनिनिधि सभाको बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्रीले ६ महिनामा नगरिककता र १ वर्षभित्र राष्ट्रिय परिचय वितरण गरिसक्ने प्रतिवद्वता व्यक्त गरेका हुन् ।

देश अहिले कुनै न कुनै किसिमको संकटमा रहेको उल्लेख गर्दै प्रचण्डले संकट निराकरणका लागि राष्ट्रिय आवश्यकता आवश्यक रहेको बताए ।

देश अहिले आर्थिक सकंटमा रहेको भन्दै प्रचण्डले यो संकट निराकरणका लागि पनि राजनीतिक सहकार्य आवश्यक रहेको उनले बताए ।