३१ आश्विन २०८३, शनिबार

एकीकृत समाजवादी प्रवेश गर्न घनश्याम भुसालले राखे ५ प्रस्ताव (पूर्णपाठसहित)

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्ने भएका छन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एसमा प्रवेश गर्न भुसालले आफ्नो अन्तिम तयारी गरेका छन् । भुसालले चुनावअघि एमाले छाडेका थिए ।

यसैबीच नेता भुसालले नेकपा एस प्रवेशका लागि पाँच प्रस्ताव राखेका छन् । भुसालले इतिहासमा भएका सबै कमजोरीहरु सबैको विरासत भएको भन्दै कम्युनिष्ट आन्दोलनलाई वास्तविक पुर्नगठन, रुपान्तरण र एकताको धरातमा उभ्याउन सकिने र यसतर्फ पार्टी केन्द्रीत हुनुपर्नेमा जोड दिएका छन् ।

भुसालले राखेका प्रस्तावमा एकीकृत समाजवादी तयार भएमा भुसाल पार्टी प्रवेश गर्नेछन् । एकीकृत समाजवादीले उनका यी प्रस्तावउपर छलफल गरी छिटै जवाफ दिने बताएको छ ।

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भुसाल एमाले उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।