३१ आश्विन २०८३, शनिबार

जन्मदिनको दिन अभिनेता ऋतिक रोशनले गरे नयाँ खुलासा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । भारतीय सुपरस्टार रितिक रोशनले मंगलबार आफ्नो जन्मदिन मनाएका छन् । उनले आफ्नो ४९औँ जन्मदिन मनाएका हुन्। उनको जन्म सन १९७४ जनवरी १० मा भएको थियो ।

ऋतिक चाँडै नै नयाँ चलचित्र ‘फाइटर’ को सुटिङ गर्दैछन् । यसैबीच ऋतिकले जन्मदिनको अवसर पारेर आफूले छिट्टै नै बिवाह गर्ने बताएका छन् । उनले प्रमिका सबा आजादसँग विवाहको तयारी गरेका हुन् ।

ऋतिकले २०७० सालमा १३ वर्ष लामो बैवाहिक सम्बन्ध अन्त्य गर्दै पत्नी सुजैनसँग सम्बन्ध बिच्छेद गरेका थिए । उनीहरुको बिबाह सन् २००० मा भएको थियो । उनीहरुका दुई छोरा छन् ।

ऋतिक बलिउडका सफल अभिनेतामा पर्छन । उनले चलचित्र ‘कहो न प्यार हे’ बाट डेब्यू गरेका थिए । उनको पहिलो चलचित्र नै सुपरहिट भएको थियो ।