३१ आश्विन २०८३, शनिबार

श्रीमान-श्रीमती मृत फेला

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । चितवनमा श्रीमन-श्रीमती मृत फेला परेका छन् ।

भरतपुर महानगरपालिका-२९ मा २८ वर्षका प्रेम रानामगर र उनकी श्रीमती २५ वर्षीया शान्ति रानामगर मृत भेटिएका हुन् । उनीहरु घरभित्रै मृत फेला परेका हुन् ।

प्रेम झण्डिएका अवस्थामा र श्रीमती शान्ति भुँईमा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । दुईबीच भगडा हुँदा प्रेमले पहिला श्रीमतीको हत्या गरेको र पछि झुण्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।