३१ आश्विन २०८३, शनिबार

प्रचण्डलाई विश्वासको मत दिन देउवा सकारात्मक, कार्यसम्पादन समितिको बैठकले अन्तिम निर्णय गर्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा मतभेद देखिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा प्रचण्डलाई विश्वासको मत दिने पक्षमा रहेका छन् भने केही नेताहरुले देउवाको प्रस्तावमा असहमति जनाएका छन् ।

मंगलबार बिहान धुम्बाराहीमा बसेको शीर्ष नेताहरुको बैठकमा सभापति देउवाले विश्वासको मत दिनुपर्ने बताएका थिए । अधिकांश काँग्रेसका नेताहरु पनि विश्वासको मत दिन सकारात्म देखिएपनि केही नेताहरुले विरोध गरेका बताइएको छ ।

केही नेताको विरोधपछि विश्वासको मत दिने वा नदिने भन्ने निर्णय गर्न आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

कार्यसम्पादन समितिले जे निर्णय गर्छ त्यसैअनुसार अगाडि बढ्ने काँग्रेस नेताहरुले बताएका छन् ।