
काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने निर्णय गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
आज बिहान बसेको कांग्रेसको पदाधिकारी बैठकले कार्यसम्पादन समिति बैठक बोलाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।
प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा एक मत नभएपछि बैठक बोलाइएको बताइएको छ । समितिको बैठक आजै बिहान साढे ११ बजे बस्ने बताइएको छ ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।












प्रतिक्रिया