३० कार्तिक २०८३, सोमबार

बागमतीका नवनियुक्त मुख्यमन्त्री जमरकट्टेलले शपथ लिए

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २६ पुस । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमरकट्टेलले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनलाई मंगलबार बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् । जमरकट्टेल हिजो सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

No description available.

शपथसँगै मुख्यमन्त्री जमरकट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

No description available.

उनले नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाका संसदीय दलका नेता उद्धव थापालाई मन्त्री बनाएका छन् ।

थपलिया र थापाले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालयको नेतृत्व लिएका छन् भने थापाको मन्त्रालय हालसम्म टुंगो नलागेको बताइएको छ ।

माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री जमरकट्टेललाई नेकपा एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीका २ जना गरि ७० जना सांसदहरुको समर्थन रहेको छ ।

१ सय १० प्रदेश सदस्सीय रहेको बागमतीमा ४ मंसिरमा भएको निर्वाचनमा बागमतीमा नेपाली कांग्रेसका ३७ जना, एमालेका २७ जना, माओवादीका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेपाल मजदुर किसान पार्टीका ३ जना, हाम्रो नेपाली पार्टीका २ जना निर्वाचित भएका थिए ।