
पोखरा, २५ पुस । गण्डकी प्रदेशको बागडोर नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीको काँधमा आएको छ ।
दोस्रो कार्यकालका लागि तेस्रो मुख्यमन्त्री बनेका उनले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गरी पदभार समेत ग्रहण गरेका छन् । उनलाई आजै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा, १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
अधिकारीलाई गण्डकीको ६० सदस्यीय प्रदेश सभामा अधिकारीलाई नेकपा (एमाले) का २२ जनासहित माओवादी केन्द्रका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद गरी ३३ जनाको समर्थन प्राप्त छ ।
अधिकारी कास्की निर्वाचन क्षेत्र नं. १(१) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । यसअघि २ पटक संघीय सरकारको मन्त्री भइसकेका अधिकारी यसपटक प्रदेश झरेका थिए ।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ हुन् । तत्कालीन नेकपा विभाजन हुँदा गुरुङ नेतृत्वको सरकार ढलेपछि नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल पहिलो कार्यकालका लागि दोस्रो मुख्यमन्त्री बनेका थिए ।
हेरौँ, मुख्यमन्त्री नियुक्त, सपथ ग्रहण र पदभार ग्रहणलगायत गतिविधिका केही तस्वीरहरू–

































प्रतिक्रिया