
धुलिखेल (काभ्रेपलाञ्चोक) । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले एमालेभित्र मञ्चमा आसन र भाषणको मात्रै स्थान खोज्नेहरूको रेकर्ड राखेर हिसाबकिताब गरिने चेतावनी दिएका छन् ।
समन्वय संयन्त्रले जनसंगठनको सुदृढीकरणका लागि धुलीखेलमा आयोजना गरेको दुई दिने कार्यशालाको आज समापन गर्दै प्रमुख ढकालले निर्वाचनमा पार्टीका उम्मेदवाहरूलाई जिताउन नलाग्ने, नेताहरूको घरदैलोमा मात्रै पुग्ने, मञ्चमा आसन र भाषणका लागि स्थान खोज्नेहरूको रेकर्ड राखेर पार्टीले अवसर दिने बेलामा हिसाबकिताब गर्ने चेतावनी दिएका हुन् ।
उनले एमालेमा बसेर एमालेकै उम्मेदवार हराउन लाग्नेहरूको निगरानी राख्दै जनसंगठनलाई क्रियाशील बनाएर आगामी निर्वाचनमा बहुमत ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
जनसंगठनहरूको अधिवेशन, भेला, गोष्ठी, समीक्षा, थप कार्यक्रमका बारेमा चैत्र मसान्तभित्र छलफल गरेर प्रतिवेदन पठाउन पनि उनले निर्देश दिएका छन् ।















प्रतिक्रिया