३१ आश्विन २०८३, शनिबार

प्रतिपक्षलाई एमाले सांसद दाहालको आग्रह : कम्तीमा सरकारको १०० दिने काम हेरौँ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । नेकपा एमालेका सांसद देवेन्द्र दाहालले वर्तमान सरकारको कम्तीमा १०० दिनको काम हेरेर मात्रै टिप्पणी गर्न प्रतिपक्ष दललाई आग्रह गरेका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा दाहालले वर्तमान सरकारले देशको नेतृत्व गर्न सफल हुने भन्दै कम्तीमा सय दिन काम गरेको हेर्न आग्रह गरेका हुन् ।

पछिल्लो १८ महिनामा मुलुकको अर्थतन्त्र धराशयी भएको र वर्तमान सरकारले वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउने कुरामा ध्यान दिनुपर्ने उनले बताए ।