३१ आश्विन २०८३, शनिबार

परिवर्तनको अनुभूति जनताले गर्न पाउन्, सरकारलाई शुभकामना छ : माधव नेपाल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको अनुभूति जनताले गर्न पाउने गरी काम अगाडि बढाउन सरकारलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा अध्यक्ष नेपालले सबै क्षेत्रमा परिवर्तन देखिने गरी काम देखाउने प्रतिबद्धता प्रधानमन्त्रीले गरेको भन्दै जनताले अनुभूति गर्ने गरी काम गर्न सुझाव दिएका हुन् ।

नेपालले सबै मिलेर संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने बेला आएको धारणा व्यक्त गर्दै राजनीतिक अग्रजले देश र जनतालाई सार्वभौम र स्वतन्त्र बनाउन योगदान गरेको उल्लेख गरे । वर्तमान राजनीतिक नेतृत्वसँग पनि जनताले धेरै अपेक्षा गरेको बताए ।

विगतका अनुभवबाट सबैले पाठ सिक्दै संविधानको रक्षा, राष्ट्रियता र स्वाभिमानको संरक्षण गर्न सबैले गम्भीरताका साथ ध्यान दिनुपर्ने उनको भनाइ छ । त्यस्तै उनले वर्तमान सरकारबाट संविधानको पूर्णपालनाको अपेक्षा गरेको बताएका छन् ।

उनले मुलुकमा भ्रष्टाचार, ढिलासुस्ती, दण्डहीनता, कर्तव्यविमुख प्रवृत्ति मौलाएकाले समस्या समाधानका लागि सबै एकजुट हुनुपर्ने जिकिर गरेका छन् ।