
कठमाडौं, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुका लागि संसद परिक्षा केन्द्र भएको बताएका छन् ।
संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जनताले संसदलाई निरन्तर निगरानीमा राखिरहेको कुरा बिर्सन नहुनेमा जोड दिए ।
प्रचण्डले विभिन्न पार्टीबाट सांसद चुनिएर आएको भएपनि जनता माझ सबैको साझा प्रतिवद्वता रहेका भन्दै सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले समस्याको पहिचान गरी समाधानमा अगाडि बढ्नुपर्ने बताएका हुन् ।
यस्तै, प्रचण्डले आफूहरु जनताबाट चुनिएर आएका भन्दै जनताका समस्या, गुनासालाई नजिकबाट महसुस गरेको बताए ।
यो पटकको संसदमा नयाँ पार्टीबाट नयाँ अनुहारहरु पनि देखिएको भन्दै प्रचण्डले यसबाट जनताको जित भएको प्रतिक्रिया दिए ।















प्रतिक्रिया