
काठमाडौं, २५ पुस । नेपाली बजारमा पछिल्लो केही दिनदेखि सुनको मूल्यले वर्षकै नयाँ रकर्ड कायम गरिरहेको छ ।
सोमबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सयले बढेर एक लाख तीन हजार नौ सय पुगेको छ ।
छापावाल सुन आइतबार प्रतितोला एक लाख तीन हजार तीन सयमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार चार सय छ ।
तेजाबी सुनको मूल्य अघिल्लो दिन एक लाख दुई हजार आठ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० ले बढेर प्रतितोला एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ ।















प्रतिक्रिया