३१ आश्विन २०८३, शनिबार

रेसुङ्गा विमानस्थलबारे प्रदीप ज्ञवाली : आक्षेपहरूको ढुङ्गा बटुलेर जिम्मेवारीबोधको मन्दिर बनाएको छु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मीमा विमानस्थल निर्माण र सञ्चालनमा आएसँगै हवाइजहाज चढेर राजधानी काठमाडौं पुग्ने गुल्मेली जनताको निकै लामो सपना पूरा भएको बताएका छन् ।

विमानस्थल निर्माणपछि २०७६ सालमा परीक्षण उडान गरिए पनि तीन वर्षपछि मात्रै हिजो शनिबार डेमोस्ट्रेशन उडान गरिएको छ । डेमोस्ट्रेशन उडानसँगै विमानस्थल सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै नेता ज्ञवालीले ‘लामो प्रतिक्षापछिको खुशीको क्षण ! आफ्नै जिल्लाबाट हवाइजहाजÞ चढेर राजधानी पुग्ने गुल्मेलीहरूको सपना पूरा हुँदै गरेको दिन’ भनेर फेसबुकमा लेखेका छन् ।

‘गुल्मी जस्तो पहाडी भूभागका लागि विमानस्थल र हवाइसेवा कुनै ‘लक्जरी’को विषय होइनन्, आवश्यकताका पूर्वाधार हुन् । यी लाइफÞलाइन हुन् । पर्यटन विकासका आधार हुन्,’ उनले लेखेका छन्, ‘राज्यले पूर्वाधारका क्षेत्रमा गर्ने लगानीलाई नाफा नोक्सानको व्यापारी आँखाले मात्र हेर्नु हुन्न । आखिर पहाडी क्षेत्रमा सडकलगायत पूर्वाधारमा गरिएको लगानीमा पनि त नाफा नोक्सान हेरिदैन नि ।’

डेमोस्ट्रेशन उडान सफल भएपछि शनिबार साँझ फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा ज्ञवालीले विमानस्थल परिकल्पना, निर्माण र सञ्चालनसम्मको अवधिमा विभिन्न आरोह–अवरोहहरू पनि झेलेको उल्लेख गरेका छन् । ‘रेसुङ्गा विमानस्थलको परिकल्पना, शिलान्यास, निर्माण र सञ्चालनका हरेक क्षणमा निर्णायक भूमिका खेल्न पाउँदा गौरव लागेको छ,’ उनले अगाडि लेखेका छन्, ‘यस क्रममा खेप्नु परेका आक्षेप, कटाक्ष र व्यङ्ग्यवाणका ढुङ्गाहरू बटुलेर जिम्मेवारीबोधको मन्दिर बनाएको छु । आशा गरौँ, छिट्टै व्यावसायिक उड़ान सुरू हुनेछ ।’

उनले विमानस्थल निर्माणमा विभिन्न कोणबाट सहयोग पुर्याउने सबैप्रति आभार र धन्यवादका साथै गुल्मेली जनतालाई बधाई पनि व्यक्त गरेका छन् । ‘विमानस्थल निर्माणका लागि घरजग्गा प्रदान गर्नुहुने सिमिचौरवासीहरू, निर्माण समिति, जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, निर्माण व्यवसायीहरू, नेपाल नागरिक उड्डयन प्राधिकरण, २०७६ मा परीक्षण उडान र आज डेमो उडान गर्ने तारा एयर, विमानस्थलबारे निरन्तर कभरेज गर्ने सञ्चारकर्मीहरू, प्रहरी प्रशासन र सबै जिल्लावासीहरूलाई धेरै–धेरै धन्यवाद र बधाई !’