३१ आश्विन २०८३, शनिबार

दुईवटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु, दुर्घटनाबारे प्रहरीले थाल्यो अनुसन्धान

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सेनेगल, २५ पुस । सेनेगलको मध्य काफ्रीन क्षेत्रको एक सडकमा दुईवटा बस एक आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् ।

काफ्रीन क्षेत्रमा मुख्यतः चालकको त्रुटि, खराब सडक र जीर्ण सवारी साधनहरूको कारणले बारम्बार दुर्घटना हुने गरेको बताइएको छ । यसकारण सेनेगलमा सडक दुर्घटनाहरू सामान्य रूपमा समेत लिने गरिएको समाचारहरूमा जनाइएको छ ।

तर पछिल्लो यो दुर्घघटनामा धेरै मानिसको ज्यान गएको हो । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्ने प्राप्त विवरणहरूमा जनाइएको छ ।

घटना सम्बन्धमा स्थानीय प्रहरीले अनुसन्धान सुरू गरेको समाचारहरूमा उल्लेख छ ।