३० कार्तिक २०८३, सोमबार

नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ लिँदै, ५ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

उनलाई आज दिउँसो २ बजे प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराउने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री कार्कीले ५ सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् । कार्कीले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादीबाट १/१ जना मन्त्री नियुक्त गर्ने तयारी गरेको बताइएको छ ।

नेकपा एमाले संसदीय दलका नेता समेत रहेका कार्की आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले नियुक्त गरेका हुन् ।

कार्कीलाई एमालेका ४०, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टीका १ सहित ६० जना सांसदको समर्थन रहेको छ ।

९३ सदस्यीय रहेको प्रदेश १ मा सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक पर्नेमा कार्कीलाई ६० जना सांसदको समर्थन छ ।