
मोरङ, २४ पुस । प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता सहकर्मी सबै दलको प्रतिनिधित्व हुने गरी मन्त्रिमण्डल निर्माण गर्ने बताएका छन् ।
प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङबाट आज शनिबार साँझ मुख्यमन्त्रीमा नियुक्ति भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सत्ता सहकर्मी दलहरूबीच छलफल गरी पुस २५ गते दिउँसो मन्त्रिमण्डल सदस्यको शपथ ग्रहण गर्ने जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले प्रदेश सञ्चालनमा मुख्य प्राथमिकतामा सुशासन रहेको बताए । उनले सभामुख कसले पाउने सम्बन्धमा आपसी छलफलद्वारा निर्णय गरिने जानकारी दिएका छन् ।















प्रतिक्रिया