३१ आश्विन २०८३, शनिबार

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटायो

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को खुद्रा बिक्री मूल्य घटाएको हो ।

निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर २० रुपैयाँ घटाएको छ । मूल्य घटेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ, हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर १७० रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.४२ अमेरिकी डलर कामय भएको निगमले जनाएको छ ।

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७८, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर १९० रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर १.६४ अमेरिकी डलर रहेको थियो । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८०० रुपैयाँ कायम छ ।

प्रधानमन्त्री दाहालले गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिनुभएको थियो । वाणिज्य तथा आपूर्ति सचिव निगम सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था छ ।