
काठमाडौं, २४ पुस । विभागको सर्भरमा समस्या आएको भन्दै पुस १७ गतेबाट रोकिएको राहदानी वितरण पुन: सुरु भएको छ ।
सर्भरमा देखिएको समस्या समाधान भएसँगै पुन: राहदानी वितरण सुरु भएको हो । राहदानी विभागले आइतबार सूचना जारी गर्दै समस्या समाधान भएको र अब सेवाग्राहीले नियमित रुपमा राहदानीसम्बन्धी सेवा पाउने जानकारी दिएको हो ।
राहदानीको आवेदन दिएकाहरुले राहदानी तयार रहेको म्यासेज मोबाइलमा आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपछि राहदानी लिनका लागि आउन विभागले आग्रह गरेको छ ।
















प्रतिक्रिया