
काठमाडौं, २४ पुस । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार साँझ कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको ।
कार्कीले नेकपा (माओवादी केन्द्र), राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए ।
कार्की एमाले प्रदेश १ का संसदीय दलका नेतासमेत हुन् ।















प्रतिक्रिया