३१ आश्विन २०८३, शनिबार

नेपाल टी-२० लिगः लुम्बिनी फाइनलमा प्रवेश

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । काठमाडौंमा जारी नेपाल टी-ट्वेन्टी लिगमा लुम्बिनी अल स्टार्स फाइनलमा प्रवेश गरेको छ । आइतबार कीर्तिपुरस्थिट टीयू क्रिकेट मैदानमा भएको खेलमा जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो ।

१ सय ४४ रनको चुनौती पछ्याउँदै जनकपुरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १ सय ३७ रन मात्रै बनाए बनाउन सक्यो । जनकपुरका लागि पवन सर्राफले १९ बलमा दुई छक्का र दुई चौका प्रहार गर्दै अविजित ३० रन बनाए भने सामीउल्लाह सिनवारीले ४५, शराफुदिन अश्रफले २४ र राजेश पुलामी मगरले १३ रन बनाए ।

बलिङतर्फ लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले समान २-२ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४३ रन बनाएको थियो ।

लुम्बिनीका लागि इसान पाण्डेले ३८, अनिलकुमार साहले २४, विपुल शर्माले २०, शाड्ली भानले १७ र लाहिरु मिलन्थाले १६ रन बनाए ।

बलिङतर्फ जनकपुरका एसान प्रियान्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले समान २-२ विकेट लिए ।