
काठमाडौं, २४ पुस । १७ वर्षीय किशोरीलाई बलात्कार गरी फरार रहेका एक युवा घटना भएको एक हप्तापछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल गाउँपालिका–६ घर भई ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने १९ वर्षीय बेध बहादुर नेपाली छ । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
नेपालीले ती किशोरीलाई पुस १६ गते धापाखेलस्थित आफ्नै टहराभित्र जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पीडित कशिोरीले दिएको उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले नेपालीलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया