
काठमाडौं, २४ पुस । सिरहामा शिक्षिकाले पानी सोचेर स्पिरिट पिउन दिँदा छात्राको मृत्युपछि अहिले मिर्चैया तनावग्रस्त बनेको छ ।
विद्यार्थी र अभिभावकले शिक्षिकामाथि कारबाही हुनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले प्रहरी कार्यालयमै आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको छ ।
प्रहरीले अहिलेसम्म ६ राउण्ड हवाई फायर गरेको छ भने ३ राउण्ड अश्रृग्याँस प्रहार गरेको छ । प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा ७ जना प्रहरी घाइते भएका छन् ।
मिर्चैयाको सगरमाथा माविमा अध्ययनरत १५ वर्षीया छात्रा सिर्जनाकुमारी महरा स्पिरिट सेवनबाट गएराति मृत्यु भएको थियो । पुस २२ गते शिक्षिका अम्बिका लम्सालले उनलाई पानी भनेर स्पिरिट दिएकी दिइन् । शिक्षिका लम्सालले माउन्टेन ड्यूको बोतलमा रहेको स्पिरिट पानी ठानेर दिएकी दिइन् ।
स्पिरिट खाएलगत्तै सिर्जना कुमारी बेहोस् भएकी थिइन् । उनको उपचारका क्रममा कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।















प्रतिक्रिया