
काठमाडौं, २४ पुुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।
आइतबार बिहान अध्यक्षद्धय प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले अध्यक्षद्धयसँग विश्वासको मत मागेका बताइएको छ ।
जसपाले विश्वासको मत दिने बताइसकेको छ भने नेकपा एस अझै अनिर्णित रहेको छ । यस्तै, शीर्ष तीन नेताबीच वाम एकताका विषयमा पनि छलफल भएको छ ।
वाम एकताका लागि भन्दै माओवादी, नेकपा एस र जसपाले कार्यदल नै गठन गरिसकेका छन् ।















प्रतिक्रिया