३० कार्तिक २०८३, सोमबार

आज रेसुङ्गा विमानस्थलमा डेमो उडान, नगरपालिकाको सेवा प्रवाह बन्द

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । गुल्मीको रेसुङ्गा नगरपालिकाको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुने भएको छ ।

नगरपालिकाले तारा एयरको जहाजले आज डेमो उडान गर्ने तयारी गरेको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले रेसुङ्गा विमानस्थलमा तारा एयरलाइन्सबाट परीक्षण उडानको कार्यक्रम तय भएकोले आज नगर कार्यपालिकाको कार्यालयबाट प्रदान हुने सम्पूर्ण प्रकारका सेवा बन्द हुने जानकारी दिएका छन् ।