
काठमाडौं, २४ पुस । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसारदेशका पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने पश्चिम र मध्य तराईका केहि भू-भागहरूमा हुस्सु/कुहिरो/ शितलहर लागिरहेको अवस्था छ ।
महाशाखाका अनुसार यस्तो छ आजको मौसमः
२०७९ पुस २४ गते (आइतबार)
दिउँसोː प्रदेश नं १, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । बिहानीपख तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ ।
रातीː सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ ।












प्रतिक्रिया