
काठमाडौं, २३ पुस । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले नेपाल एकीकरणका आरम्भकर्ता पृथ्वीनारायण शाहलाई सम्मान गरेर पृथ्वी जयन्ती मनाउँदैमा राजतन्त्र नफर्किने बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै उनले नेपाल एकीकरणका आरम्भकर्तालाई सम्मान दिदा केही नबिग्रिने तर्क गर्दै पृथ्वी जयन्तीमा विदा दिन सरकारलाई सुझाव समेत दिएका छन् ।
पृथ्वीजयन्ती पुष २७ मा राष्ट्रिय विदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो।त्यो सरकारले दिए हुन्छ। यहां उस्तै परे फरवरी १४(भ्यालेन्टाइन डे)मा त विदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ।उनी त नेपाल एकिकरणका आरम्भकर्ता हुन,उनलाई सम्मान दिदैंमा राजतन्त्र फर्कने होईन।
— Gokul Prasad Baskota (@GokulPBaskota) January 7, 2023















प्रतिक्रिया