३१ आश्विन २०८३, शनिबार

कार्यदलले शीर्ष नेताहरूलाई बुझायो सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । सरकार सञ्चालनका निम्ति सरकारको न्यूनतम साझा कार्यक्रम निर्धारण गर्न गठित कार्यदलले सरकारमा सहभागी दलका शीर्ष नेताहरूलाई मस्यौदा प्रतिवेदन बुझाएको छ ।

नेकपा एमालेका उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले आज शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको हो ।

कार्यदलले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठलगायत शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा सरकार सञ्चालनलाई प्रभावकारी बनाउन सरकारका प्राथमिकता निर्धारण गरिनाका साथै सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रका विविध विषयहरू समेटिएको कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए ।

अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलमा माओवादी केन्द्रबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशमशेर राणा, जनता समाजवादी पार्टीबाट रकम चेम्जोङ सदस्य थिए ।