३१ आश्विन २०८३, शनिबार

कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज थप एकजनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार २० जना पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप तीन जनामा संक्रमण पुष्टि भएको छ । पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको हो ।

यस्तै आज दुई जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।