
काठमाडौं, २३ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने आधार तय भएको बताएको छ ।
पार्टीले सत्ता गठबन्धनमा राखेका शर्तहरुप्रति न्यूनतम साझा कार्यक्रम सकारात्मक देखिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाइृ विश्वासको मत दिने निष्कर्षमा जसपा पुगेको हो ।
‘गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्युनतम साझा कार्यक्रमको खाका हेर्दा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका शर्तहरुमध्ये दुई वटा समेटिएको देखिन्छ,’ जसपाले भनेको छ, ‘पार्टीका मूलभुत सिद्धान्तहरुको प्रतिकुल नहुने गरी नै मस्यौदा तयार भएको छ भने नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय पनि साझा न्यूनतम कार्यक्रमको मस्यौदामा अटेको देखिन्छ । यस अर्थमा पार्टीले सरकारलाई विश्वासको मत दिने आधार तय भएको छ ।’
पुस २७ गतेलाई पृथ्वी जयन्तीका रुपमा सार्वजनिक विदा दिने विषयलाई मस्यौदामा समेट्ने कुरासँग भने जसपाको असहमति रहेको जनाएको छ ।















प्रतिक्रिया