३१ आश्विन २०८३, शनिबार

वाम एकताका लागि माओवादीले गठन गर्‍यो कार्यदल

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । नेकपा माओवादी केन्द्रले वाम एकताका लागि कार्यदल गठन गरेको छ ।

वामपन्थी पार्टीहरुबीच एकता अगाडि बढाउन माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा महरासँगै महासचिव देव गुरुङ, जनार्दन शर्मा, शक्ति बस्नेत र गिरिराजमणी पोखरेल सदस्य रहेका छन् ।

माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले एकता प्रकृया अगाडि बढाएका छन् । नेकपा एसले पनि शुक्रबार वामपन्थी एकताका लागि कार्यदल गठन गरेको थियो ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि एकता प्रकृयामा आउने तयारीमा छ ।