३१ आश्विन २०८३, शनिबार

जब गृहमन्त्री लामिछानेले आफ्नो लागि राखिएको छुट्टै सोफा हटाउन लगाए…(भिडियोसहित)

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । उपप्रधानमन्त्री एवम् गृहमन्त्री बनेका रवि लामिछानेले मन्त्री बनेदेखि नै केही नयाँ सुधारको प्रयास गरिरहेका छन् ।

उनले आफैँबाट सुधारका काम गरिरहेका छन् । लामिछानेले मन्त्री नियुक्त भएर सरकारी निवासमा सर्ने बेलामा सेनाको सलामीका क्रममा पिर्का हटाएर समान धरातलमा सलामी लिएका थिए ।

साथै, उनले गृहमन्त्रालयकै चमेनागृहमा खाजा खाने, आम सर्वसाधारण झैँ ट्राफिक नियम पालना गर्ने गरिरहेका छन् ।

यसैबीच, शनिबार सशस्त्र प्रहरी बल (एपिएफ) को प्रधान कार्यालयमा आयोजित कार्यक्रममा पनि साधारण व्यवहार प्रस्तुत गरे । मञ्चमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत उच्च अधिकृतहरू बसिरहेका थिए।

गृहमन्त्री पुगेसँगै त्यहाँ उपस्थित उच्चपदस्तहरू सम्मानमा बसिरहेको ठाउँबाट उठे। मञ्चमा रविका लागि छुट्टै सोफाको व्यवस्था गरिएको थियो । तर उनी उक्त सोफामा बसेनन् ।

आफ्नो लागि छुट्टै सोफा देखेपछि लामिछानेले उक्त सोफा हटाउन लगाएर सशस्त्र प्रहरीका अधिकारीहरु बसेकै सोफामा बसे ।