
काठमाडौं, २३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) सिद्धान्तहीन, लक्ष्यहीन पार्टी भएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीप्रति लक्षित गर्दै एमालेलाई टर्च बालेर खोज्ने बनाउँछौँ भन्दै एमालेबाट छुट्टिएर गएकोमा अहिले राष्ट्रिय पार्टीसमेत बन्न नसकेको बताएका हुन् ।
‘एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नेहरु राष्ट्रिय पार्टीको हैसियतमै छैनन् । बुझ्नु प¥यो नि । अब जुरो हल्लाएर काम छैन,’ ओलीले भने ।
नेकपा एकीकृत समाजवादी पार्टीले अहिलेको परिवर्तनलाई स्वीकार गर्न नसकेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे । ‘हिजो अस्ति नेकपा एस भन्नेको स्थायी कमिटी र पोलिटब्यूरो बैठक बसेर नयाँ सरकार बन्ने परिवर्तन ठीक छ भन्नेसमेत फैसला गर्न सकेको छैन,’ ओलीले भने ।
नेकपा एसले कहिले एमालेसँग, कहिले माओवादीसँग र कहिले जसपासँग एकता गर्छु भन्दै हिँडेको भन्दै अध्यक्ष ओलीले कस्तो राजनीति हो ? भन्दै प्रश्नसमेत गरे । ‘नेकपा एस भन्ने पार्टीको हिजो अस्ति पोलिटब्युरो,स्थायी कमिटी बैठक बस्यो रे । अहिलेको परिवर्तन ठिक छ,देशभर जनताको पक्षमा नयाँ सरकारको गठन ठिक भन्ने फैसला पनि गर्न सकेन । एमालेसँग पनि एकता गर्ने, जसपा पनि एकता गर्ने वार्ता कमिटी बनाएछ । कस्तो राजनीति,कस्तो दृष्टिकोण हो,पाए कांग्रेसतिर पनि लाग्ने ?,’ ओलीले प्रश्न गरे।















प्रतिक्रिया