३१ आश्विन २०८३, शनिबार

प्रतिनिधि सभामा आफ्नो भूमिका प्रभावकारी बनाउन सांसदहरुलाई काँग्रेसको निर्देशन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिएका छन् ।

सिंहदरबारमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले पुष २५ र २६ गते बस्ने प्रतिनिधिसभाको बैठकको प्रक्रियाबारे सांसदलाई जानकारी गराउदै आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिएको हो ।

बैठकपछि कांंग्रेस मुख्य सचेतक रमेश लेखकले सदनमा कांग्रेसका सांसदहरुले खेल्नुपर्ने भूमिका र तयारीका बारेमा जानकारी गराइएको बताए । अहिलेको निर्वाचनमा कांग्रेसलाई ठूलो दल बनाउने मतदाताप्रति बैठकले आभार व्यक्त गरेको र निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैप्रति पनि आभार व्यक्त गर्ने निर्णय गरेको लेखकले बताए ।

उनले विश्वासको मतका बिषयमा छलफल गर्न पुष २६ गते पुन संसदीय दलको बैठक बस्ने र आवश्यक निर्णय गर्ने जानकारी दिए । लेखकले अहिलको गठबन्धन भत्काउने र नयाँ गठबन्धन बनाउने कांग्रेसको कुनै तयारी नरहेको स्पष्ट पारे ।

त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको बैठकमा प्रतिनिधिसभामा खेल्नुपर्ने भूमिकाका बारेमा छलफल भएको बताए । उनले केन्द्रीय समितीको बैठकमा निर्वाचनको समिक्षा, राजनीतिक घटनाक्रमको समिक्षाका साथै सरकार गठनमा किन चुक्यो भन्ने बिषयमा छलफल गर्दै नयाँ मार्ग तय गर्ने धारणा राखे ।

बैठकले संसदीय दलको कार्यसमितिलाई पूर्णता दिने प्रक्रिया आरम्भ गर्ने निर्णय पनि गरेको छ ।