
काठमाडौं, २३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार साझा बस चढेर पाटन पुगेकी छिन् ।
ललितपुरको पिम्बहालमा आयोजित कार्यक्रममा सहभागी हुन भण्डारी शीतल निवासबाट विद्युतिय साझा बस चढेर पाटन पुगेकी हुन् ।

पिम्बहालमा आयोजित सांगीतिक कार्यक्रममा सहभागी हुनुका साथै भण्डारीले मदन पुस्तकालय पनि अवलोकन गरेकी छिन् ।

भण्डारीलाई पाटन ढोकामा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन लगायतले स्वागत गरेका थिए ।

















प्रतिक्रिया