३१ आश्विन २०८३, शनिबार

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान जारी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । सर्वोच्च बार एसोसिएसनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि बिहान ८ बजेदेखि मतदान सुरु भएको छ ।

प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमितिका लागि भएको मतदान दिउँसो ३ बजे सम्पन्न हुनेछ । त्यसपछि मतगणना गरिनेछ ।

निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगत रूपमा प्रतिस्पर्धा हुँदै छ । बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

लोकतान्त्रिक समूहबाट अध्यक्षका लागि वरिष्ठ अधिवक्ता हरिशंकर निरौलाले उमेदवारी दिएका छन् भने प्रगतिशीलबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट अध्यक्षको उमेदवार छन् ।

यस्तै, एक उपाध्यक्षका लागि लोकतान्त्रिकबाट जगदीशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्ले छन् । सचिवका लागि लोकतान्त्रिकबाट कल्याण पोखरेल र प्रगतिशीलबाट श्यामकुमार खत्री प्रतिस्पर्धामा छन् ।