३१ आश्विन २०८३, शनिबार

माओवादी उपाध्यक्ष महरा भन्छन्– किरण–विप्लव अगाडि बढ्न सक्नुभएन, हामी दलदलमा फस्यौँ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी विभाजनमा विदेशी शक्तिहरुको पनि हात रहेको बताएका छन् ।

शुक्रबार संवाद डबलीमा नेकपा माओवादी समाजवादीले आयोजना गरेको ‘समाजवाद स्थापनाको आवश्यकता र औचित्यता’ विषयक अन्तरक्रिया कार्यक्रममा महराले आफूहरुका कमजोरी बताउँदै विदेशी शक्तिहरु माओवादीलाई निशस्त्रीकरण, आकार घटाउन र घृणा पैदा गर्ने अभियानमा लागेको बताए ।

माओवादी केन्द्रका प्रवक्ता समेत रहेका महराले माओवादी नेताहरुले दुई बाटो हिडेको र दुबै बाटोबाट गन्तव्यमा पुग्न नसकेको बताए । ‘एकथरी माओवादी नेताहरू एम्बुसको बाटोमा हिडे र एकथरी त्यसलाई छल्नुपर्छ भन्दै संसदको बाटोमा,’ महराले भने, ‘किरण–विप्लव पनि आफू हिडेको बाटोमा अगाडि बढ्न सक्नुभएन । हामी पनि दलदलमा फस्यौं । सबैले आ–आफ्ना आत्मसमीक्षा गर्न जरुरी छ ।’

आत्मसमीक्षासहित सबै कम्युनिस्ट एक ठाउँमा नआएसम्म समाजवादमा पुग्न नसकिने महराको धारणा छ । उनले समाजवादका लागि छलफल र बहस गर्न साझा मञ्च बनाउन आवश्यक रहेको समेत बताएका छन् ।