३१ आश्विन २०८३, शनिबार

चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल चयन

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् ।

हिजो बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्ष चयन गरेको हो ।

त्यसअघि बिहीबारै सम्पन्न भएको १३औँ वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट हेमराज ढकाल, उत्तम कुमार नेपाल, कल्याण गुरुङ्ग र दिलिप शेखर श्रेष्ठलाई निर्विरोध सञ्चालक समिति सदस्य चयन गरेको थियो ।

त्यसलगत्तै बसेको सञ्चालक समिति बैठकले आगामी चार वर्षका लागि ढकाललाई अध्यक्ष चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष ढकाल चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्ष हुन् ।