
काठमाडौं, २२ पुस । मधेस प्रदेशमा नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेस गर्न प्रदेश प्रमुख हरिशंकर मिश्रले आह्वान गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्तिका लागि लागि पुस २८ गते बेलुका ४ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका हुन् ।
मधेस प्रदेशसभामा १०७ जना सांसद छन् । सरकार बनाउन बहुमतका लागि ५४ जना सांसदको समर्थन चाहिन्छ ।
मधेसबाहेक अन्य प्रदेशहरूले यसअघि नै सरकार गठनका लागि आह्वान गरिसकेका छन् । मधेसको आह्वानसँगै सात वटै प्रदेशद्वारा सरकार गठनको तयारी तीव्र बनेको छ ।
















प्रतिक्रिया