
काठमाडौं, २२ पुस । सर्वोच्च अदालतको संवैधानिक इजलासमा गृहमन्त्री रवि लामिछाने सांसद बन्न अयोग्य रहेको बहस भएको छ ।
लामिछाने सांसद बन्न अयोग्य रहेको भन्दै सर्वोच्चमा दायर रिटमाथि सुनुवाईका क्रममा रिटकर्ताका तर्फबाट बहस गर्दै अधिवक्त्ताहरुले लामिछानेको सांसद पद खारेज हुनुपर्ने तर्क गरेका हुन् ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले लामिछाने नेपाली नागरिक नभएको जिकिर गर्दै अमेरिकी नागरिक नेपाली सांसद बन्न नमिल्ने तर्क गरे । नेपालको संविधानको धारा ८७ को उपधारा १ मा गरिएको कानुनी प्रबन्धअनुसार नेपाली नागरिक हुनुपर्ने स्पष्ट व्यवस्था भएकाले रवि लामिछाने सांसद बन्न अयोग्य रहेको भण्डारीको तर्क थियो ।
लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेकाले अहिले पनि उनी अमेरिकी नागरिक नै रहेको उनको दाबी छ ।
रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ताहरू रमन कर्ण, नानीबाबु खत्री र रविराज बसौलाले बहस गरेका छन् ।















प्रतिक्रिया