३१ आश्विन २०८३, शनिबार

निराकर पाण्डेको शव नेपाल ल्याउने खर्च सरकारले ब्यहोर्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । कम्बोडियमा आगलागीमा परेर ज्यान गुमाएका झापाका निराकर पाण्डेको शव सरकारले नै नेपाल झिकाउने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेको शव नेपाल ल्याउन सरकारले नै खर्च ब्यहोर्ने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निराकरका बुबालाई मन्त्रालयमै बोलाएर निराकरको शव नेपाल ल्याउन पहल गर्ने आश्वासन दिएका थिए

कम्बोडियाको ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा आगलागी हुँदा बच्नका लागि १२ तलाबाट हाम फालेका ४० वर्षीय निराकरको मृत्यु भएको थियो ।