३१ आश्विन २०८३, शनिबार

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक जारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । सरकारले गठन गरेको न्यूनतम साझा कार्यक्रम मस्यौदा समितिको बैठक अहिले जारी छ ।

अर्थमन्त्रालयमा जारी बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने तयारी गरेको छ । कार्यदलले भोलि शीर्ष तहलाई मस्यौदा बुझाउने छ ।

कार्यदलको संयोजकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल रहेका छन् । सरकारले पुस पुस १४ गते न्यूनतम साझा कार्यक्रम ल्याउने कार्यदल गठन गरेको थियो ।

कार्यदलमा अर्थमन्त्री पौडेलसँगै माओवादीबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशमशेर राणा र जनता समाजवादी पार्टीबाट रकम चेम्जोङ सदस्य रहेका छन् ।