
काठमाडौं, २२ पुस । कञ्चुनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणको प्रहरीले पुन अनुसन्धान सुरु गरेको छ ।
गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि अनुसन्धान सुरु भएको हो । अुनसन्धानका लागि डीआईजी दुर्गा सिंह नेतृत्वको टोली चिकित्सकसहित घटनास्थलमा खटिएको छ ।
प्रहरीले घटनामा शंलग्नताको आशंकामा दुई जनाको नमुना संकलन गरेको छ । उनीहरु दुवै जना भारतीय भएको प्रहरीले जानकारी दिएको छ ।
निर्मलाको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।















प्रतिक्रिया