
काठमाडौं, २२ पुस । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्वको मुद्धाको सुनुवाई आज हुँदैछ ।
नागरिकता तथा पासपोर्ट विवादमा रहेका लामिछाने सांसद बन्न आयोग्य रहेको भन्दै परेको रिटमाथि आज सुनुवाई हुन लागेको हो ।
मुद्धाको पेशी कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा हुन लागेको हो ।
इजलासमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र अनिलकुमार सिन्हा रहेका छन् ।















प्रतिक्रिया