
काठमाडौं, २२ पुस । । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग गठबन्धन गर्न नहुने तर्क राखेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले अंकगणितका लागि गणतन्त्र विरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्थानै धरापमा पर्न सक्ने बताएका छन् ।
उनले २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सिन आग्रह गरेका छन् ।
भट्टराईले भनेका छन्ः
गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुनसक्छ ! सरकारको अंकगणितनिम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसंग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ । २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं !
गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुनसक्छ! सरकारको अंकगणितनिम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसंग घाॅटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ। २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं!
— Baburam Bhattarai (@brb1954) January 5, 2023












प्रतिक्रिया