
काठमाडौं, २१ पुस । काठमाडौं प्रहरीले सर्वसाधारणलाई ठगी गर्दै आएका ३८ जना दलाललाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगार विभाग र यातायात व्यबस्था विभागबाट आज ३८ जना दलालहरूलाई पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ ।
छिटो काम गरिदिने भन्दै सर्वसाधारणहरूसंग चर्को रकम लिई दलाली गर्दै आएकाले उनीहरूलाई पक्राउ गरी थुनामा राखेको काठमाडौं प्रहरीले जनाएको छ ।















प्रतिक्रिया