३१ आश्विन २०८३, शनिबार

गृहमन्त्री लामिछानेद्वारा काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुगमन

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भइरहेका सेवा प्रवाहको अवस्थाकाबारेमा जानकारी लिएका छन् ।

बिहीबार काठमाडौं प्रशासन कार्यालय पुगेर लामिछानेले बिभिन्न सेवामा सुरु गरिएको टाइम कार्डको कार्यान्वयनको अवस्था र अन्य सेवा प्रवाहका बारेमा जानकारी लिएका हुन् । गृहमन्त्री लामिछानेले सेवा प्रवाहरुलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

उनले प्रशासन कार्यालयले सहज रुपमा सेवा दिनका लागि मन्त्रालयबाट आवश्यक सहयोग हुनेसमेत गृहमन्त्रीबाट प्रतिवद्धता आएको बताए । प्रमुख जिल्ला अधिकारी उपाध्यायले प्रशासनबाट हुने सेवालाई समय गर्दैै नागरिकलाई सहज बनाउन १० वटा सेवामा टाइम कार्ड लागू गरिएको जानकारी दिए ।

प्रशासन कार्यालयले नागरिकता प्रमाणपत्र र नाबालक परिचयपत्र १ घण्टाभित्र, संस्था नवीकरण ३० मिनेटभित्र, राहदानी वितरण १५ मिनेटभित्र, राष्ट्रिय परिचयपत्र कार्ड वितरण ३० मिनेटभित्र , प्रशासनबाट हुने सिफारिसपत्र १ घण्टाभित्र, मुद्दाको पेशी र तारेख ३० मिनेटभित्र उपलव्ध हुने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।