
काठमाडौं, २१ पुस । ‘३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९’ का अवसरमा नेपाली सेनाले ‘एकीकरण पदयाता’ सुरू गरेको छ ।
विभिन्न कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउने सन्दर्भमा सेनाले आजदेखि गोरखा दरबारबाट पदयात्रा कार्यक्रम सुरू गरेको हो । नेपाल एकीकरणको समयमा विजय अभियानका लागि प्रयोग भएका पदमार्ग गोरखा, धादिङ्ग, नुवाकोट हुँदै काठमाडौंस्थित हनुमान ढोकासम्म ‘एकीकरण पदयात्रा’ गरिने नेपाली सेनाले जनाएको छ ।
पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबै भन्दा पहिले खडा भएका पाँच ओटा स्थायी कम्पनीहरूको झण्डा र टर्चसहित गोर

पश्चिम पृतनापति उपरथी दिपक कुमार बानियाँको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको पदयात्रा कार्यक्रममा गोरखा जिल्ला समन्वय समितिका प्रमुख, गोरखा नगरपालिकाका प्रमुख तथा उप–प्रमुख, भिमसेन थापा गाउँपालिकाका अध्यक्ष, गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी, श्री नं.३ बाहिनीपति, गोरखा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, अन्य कार्यालयका प्रमुखहरू, जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार, सर्वसाधारण तथा सेनाका सकल दर्जाहरूको उपस्थिति थियो ।

पदयात्रा टोलीले धादिङमा तैनाथ फौजलाई झण्डा तथा टर्च हस्तान्तरण गर्ने छ । त्यसपछि धादिङ्गमा तैनाथ फौजले नुवाकोटमा तैनाथ फौजलाई, नुवाकोटमा तैनाथ फौजले काठमाडौंस्थित नागार्जुनमा तैनाथ फौजलाई र नागार्जुनमा तैनाथ फौजले पुस २६ गते हनुमानढोकामा तैनाथ शार्दुलजंग गुल्मको टोलीलाई झण्डा तथा टर्च हस्तान्तरण गर्ने कार्यक्रम छ ।
पदयात्रा कार्यक्रम जंगी अड्डामा आयोजना हुने विशेष समारोहकाबीच समापन गरिने बताइएको छ ।
















प्रतिक्रिया