
काठमाडौं, २१ पुस । नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी गरेको छ ।
साझेदारीको साथ नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्रयाकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्याङ्कन र सहकार्य गर्नेछ ।
नबिल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र अलोई प्रालिका सहसंस्थापक सोनिका मानन्धरले साझेदारीसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
वरिष्ठ सीईओ शाक्यले दीगो वित्तपोषणका रूपमा कमर्सियल इलेक्ट्रिक भेइकललाई सहजरूपमा ऋण प्रवाह गर्न यो प्रणालीले मद्दत पुग्ने बैंकको भनाइ छ ।
दीगो बैंकिङकोे रूपमा नबिल बैंकले व्यावसायिक विद्युतीय सवारीसाधन खरिद गर्न चाहने उद्यमीहरूलाई आकर्षक मूल्य र सजिलो प्रक्रियामा ऋण लिन प्रोत्साहित गर्दै आएको छ ।















प्रतिक्रिया