
काठमाडौं, २१ पुस । नेपाल टी–२० क्रिकेट लिगअन्तर्गत वेष्ट युनाइटेड र विराटनगर सुपर किङ्ग्सबीचको खेलमा अनलाइन बेटिङ गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको राजधानी नयाँदिल्ली उत्तमनगर घर भई हाल काठमाडौं गौशाला बस्ने ३६ वर्षीय प्रतिक कुमार छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
कीर्तिपुर नगरपालिका–१० स्थित क्रिकेट खेल मैदानमै अनलाइन बेटिङमार्फत सट्टाबाजी खेलाउँदै गरेको अवस्थामा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । प्रतिक कुमारले मोबाइल फोनको प्रयोग गरी हार जितका लागि अनलाइन बेटिङ गरेको प्रहरीको भनाइ छ ।
गोप्य सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न कुमारलाई पक्राउ गरेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।















प्रतिक्रिया